जनतासंग माओवादी विशेष रुपान्तरण अभियानः दैलेखमा तयारी पुरा

गज्जब नेपाल
२०८० भाद्र १५, शुक्रबार १९:३६

‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ को तयारी दैलेखमा पनि पुरा भएको छ । भोलीबाट सुरु हुन लागेको अभियानकाे सम्पूर्ण तयारी पुरा भएकाे नेकपा माओवादी केन्द्र दैलेखका इन्चार्ज गाेपाल शर्माले बताएका छन् ।

जिल्लाका ११ स्थानीय तहका ९० वटै वडामा एकैसाथ सुरू हुनेगरि तयारी भएकाे उनले बताए ।  केहिदिन अघि जिल्लामा सम्पन्न भएकाे बैठकले नेताहरुको कार्यविभाजन, अभियान संचालनको खाका लगायतका सबै काम टुंगाएकाे थियाे ।

भाेली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभर एकैसाथ यो अभियानको उद्घाटन गर्दैछन् । साेही अभियान संचालन गर्न तम्तयार भएर बसेको नेकपा माओवादी केन्द्र दैलेखका संयोजक गाेपाल रिजालले बताए । उनका अनुसार जिल्ला इन्चार्ज, पालिका इन्चार्ज, वडा इन्चार्ज देखि टोलसम्मको जिम्मेवारी लिएर नेताहरु कार्यक्षेत्रमा खटिसकेका छन् ।

माओवादीले सबै केन्द्रीय सदस्यहरुलाई जिल्ला देखि अन्य तहको इन्चार्जको जिम्मेवारी तोकेर खटाएको छ । त्यस्तै अन्य सबै नेताहरुलाई पनि विभिन्न जिम्मेवारी तोकेर गाउँ पठाइएको माओवादी केन्द्रको भनाई छ ।

सबै नेताहरुलाई आफु कार्यरत रहेको भन्दा फरक क्षेत्रमा खटाइएको छ । यो अभियानमा संगठन विस्तार, सदस्यता वितरण तथा नविकरण, छलफल, बैठक, जनभेटघाट लगायतका गतिविधि संचालन हुने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

अभियानबाट करिब २५ लाख मतदातासंग प्रत्यक्ष संवाद गर्ने र ८ लाख सदस्य बनाउने मुख्य उद्देश्य राखिएको छ । भोलीबाट सुरु हुने अभियान तीन महिनासम्म संचालन हुनेछ ।

Next Post

सरकार र राहत शिक्षकबिच ५ बुँदे सहमति, आन्दोलन स्थगित

२०८० भाद्र १५, शुक्रबार १९:३६
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति भएको छ । राहत शिक्षकलाई १०० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट स्थायी नियुक्ति गर्ने सहमति भएसंगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन् । आज शिक्षा मन्त्रालयमा भएको सहमतिमा शिक्षा मन्त्री अशोक राई र संर्घष समितिको तर्फबाट खेम अधिकारी लगायतले हस्ताक्षर गरेका छन् ।​ आन्दोलनरत […]

याे पनि पढ्नुहाेस्