प्रधानमन्त्री ओलीलाइ अखिल नेपाल महिला संघले बुझायाे ज्ञापन–पत्र

गज्जब नेपाल
२०७७ माघ २८, बुधबार १७:३९

प्रधानमन्त्री केपि शर्मा ओलीलाइ अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला समिति दैलेखले ज्ञापन पत्र बुझाएकाे छ । जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाइएकाे अनेमसंघ दैलेखका संयोजक तप्ता कुमारी थापाले बताइन ।

नेपालमा सबै प्रकारका महिला हिंशा अन्त गर्ने संबैधानिक ब्यवस्था रहेपनि महिलामाथि हुने बिभिन्न प्रकारका हिंशा नराेकिएकाेले ज्ञापनपत्र बुझाइएकाे थापाले बताइन । उनले हिंसा अन्त्यका लागि बारम्बार सरकार लगायत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउदै आएता पनि दोषिमाथि अपेक्षाकृत रुपमा कारबाही हुन नसकेकोले सरकारकाे ध्यानाकर्षण गराइएकाे ज्ञापनपत्रमा उल्लेख छ ।

गत माघ १६ गते गोरखाकाे सिरानचोकमा भएको एक राजनितीक भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्री राम कुमारी झांक्रीले सार्वजनिक रुपमा दिएको अभिब्यक्ति अत्यन्तै आपत्तिजनक रहेकाे र सम्माननिय राष्ट्रपति श्रीमती बिद्यादेबी भण्डारीको चारित्रिक हत्या गर्दै बिभिन्न लान्छना, गाली बेइज्जति गरि ब्यक्तिगत, पारिवारिक तथा राष्टपति पदकै इज्जतमा समेत धक्का पुर्याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरु प्रयोग गरेकाे भन्दै कृयाकलापको घोर भर्त्सना गरिएकाे छ । राष्ट्रपति संस्थाको मान, मर्यादा र गरिमाको संरक्षण गर्ने प्रमुख जिम्मेवारी नेपाल सरकारको रहेकाे भन्दै दाेषिलाइ तुरुन्त पक्राउ गरी प्रचलित कानुन बमोजिम हदैसम्मको सजाय गर्न माग गरिएकाे छ ।

ज्ञापन पत्रः

Next Post

नेकपा नेतृ राम कुमारी झाँक्रीलाई पक्रिन प्रहरी उनकै निवासमा

२०७७ माघ २८, बुधबार १७:३९
नेकपाको प्रचण्ड-नेपाल समूहकी नेता एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी उनको निवास शंखमुल पुगेका छन् । यसअघि प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गर्न झाँक्रीलाई बोलाएको बताएको थियो। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम […]

याे पनि पढ्नुहाेस्