हेटौडामा तातो तेल अनुहारमा छ्याप्दा दुई घाइते

केशबराज पाैडेल
२०७९ कार्तिक २३, बुधबार ११:१२

हेटौंडा – हेटौंडामा तातो तेल अनुहारमा छ्याप्दा दुई जना घाइते भएका छन्।

हेटौडा –१३ वनस्पति स्थित कालेश्वर मन्दिरमा परम्परागत मेलामा हेटौंडा–१९ बस्तिपुर बस्ने २८ वर्षीय मोहन दोङले स्थानीय ३४ वर्षीय निर बहादुर भोलन र २७ वर्षीय सागर जिम्बालाई तातो तेल छ्यापेका थिए।

तातो तेलले पोलेको भोलन र जिम्बा घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ। दोङले सेल पकाउने तातो तेल अनुहारमा प्रहार गर्दा दुवैको अनुहार र आँखा जलि घाईतइ भई उपचारको लागि हेटौडा अस्पताल लगिएको छ। तेल प्रहार गर्ने मोहन दोङ प्रहरीलाई नियन्त्रणमा लिएर जिप्रका मकवानपुरमा राखिएको छ।थाहा खबर

 

Next Post

सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी

२०७९ कार्तिक २३, बुधबार ११:१२
दैलेख- दैलेखको एक सामुदायिक विद्यालयमा विधुतिय हाजिर सञ्चालन गरिएको छ । जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका १ चापागउँ स्थित श्री आनन्द माध्यमिक विद्यालयमा विधुतिय हाजिर जडान गरी सञ्चालनमा ल्याइएको छ । विद्यालयको आफ्नै लगानिमा जडान गरी गत सोमबार देखी सञ्चालनमा ल्याइएको हो । समयमा शिक्षकहरुको उपस्थिति नहुने विद्यालय समय भन्दा ढिलो […]