गायक पशुपति शर्मा भेटिए यस्ताे अवस्थामा (भिडियाे सहित)

गज्जब नेपाल
२०७७ भाद्र ३१, बुधबार १३:३९

३१ भाद्र २०७७, दैलेख

नेपालका चर्चित लोक दोहोरी गायक तथा सर्जक पशुपति शर्मा के गर्दै हाेलान? तपाइ पक्कै पनि भन्नुहुन्छ गित रेकर्डतिर वा सुिटिङतिर । तर तपाइ उनकाे दैनिकी देख्नुभयाे भने छक्क पर्नुहुन्छ । नेपालका चर्चित सेलिब्रेटीकाे रूपमा रहेका शर्मा अहिले खरमेलामा घांस काट्नमा व्यस्त छन् ।

उनी यतिबेला स्याङ्जा जिल्लाको पुलतीबजार नगरपालिका वडा नं. ३ मा रहेको उनको आफ्नै घरमा छन् । उनी हुन विश्वमा फैलिएको कोरोना भाइरसका कारण उनी काठ्माडौवाट आफ्नो घरमा आएका हुन ।

कोरोना भाइरसका कारण हरेक क्षेत्र प्रभावित छन् । सबैको जस्तै उनको पनि दैनिकी फेरीएको छ । देशविदेशका स्टेजहरुको रमाइलोमा व्यस्त हुने शर्मा यो वर्ष भने आम सर्वसाधारणको जस्तै घरायसी काममा व्यस्त छन ।

उनलाइ अाजभाेली घाँस काट्न मेलामा भेट्न सकिन्छ । उनी भन्छन् मैले समयसंगै चल्ने प्रयास गरको छु । आजभोली उनी आफ्नो भैंसीको लागि घाँस काट्न खरबारीमा भेटिन्छन् । घाँस काट्दै रमाईलो गर्दै गरेका गायक पशुपति शर्माको दैनिकी कस्तो छ ? भन्ने विषयमा एउटा भिडियाे तल राखिएकाे छ ।

भिडियो हेर्नुहाेस्ः

Next Post

श्रीमती भेट्न हिडेका युवा मृत फेला

२०७७ भाद्र ३१, बुधबार १३:३९
२०७७ असोज २ दैलेख , माइती बसेकी श्रीमती भेट्न हिडेका मुगुका दुई युवा मृत अवस्थामा भेटिएका छन् । छायानाथ रारा नगरपालिका वडा नं ७ का २१ वर्षीय युवा रामकृष्ण विष्ट र छाँयानाथ रारा नगरपालिका—७ का २८ बर्षीय अर्का युवा राजेन्द्र बहादुर शाही छुट्टाछुट्टै स्थानमा मृत भेटिएका हुन । पत्नीसहित ससुराली […]

याे पनि पढ्नुहाेस्