बाजुरामा मन्दिरमा प्रवेश गरेको भन्दै दलितमाथि कुटपिट

केशबराज पाैडेल
२०७९ आश्विन १३, बिहीबार २१:११

बाजुरा – बाजुरामा मन्दिरमा प्रवेश गरेको भन्दै दलितमाथि कुटपिट भएको छ । कुटपिट गर्ने वडा अध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारलाई कुटपिट गर्ने वडा नम्बर ७ का वडाध्यक्ष जुद्धबहादुर अयडीसहित तीन जनाविरुद्ध आज जिल्ला प्रहरी कार्यालय बाजुरामा जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । वडाअध्यक्ष अयडीसहित त्रिवेणी नगरपालिका ७ कै रङ्गलाल पाध्याय र विनोद अयडी फरार छन् । उनीहरूको खोजी भइरहेको छ ।

घटस्थापनाका अवसरमा नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बूढीगङ्गा नगरपालिका ५ नुवाघर घर भइ कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्दै आएका सुनारमाथि वडाध्यक्ष अयडीसहितको समूहले कानुनले बर्जित गरेका शब्द प्रयोग गरी कुटपिट तथा जातीयरूपमा विभेद गरेका थिए । मन्दिरमा पूजा गरिरहेको बेला कुटपिटपछि सुनारको आँखा, ढाड, छातीमा चोट लागेको छ ।

 

Next Post

दशैँ सुरु भएसँगै पेट्रोलियम पदार्थको खपत बढ्यो

२०७९ आश्विन १३, बिहीबार २१:११
काठमाण्डौ – बडा दशैँ नजिकिएसँगै देशभर पेट्रोलियम पदार्थको खपत बढेको छ । गएको वर्षको तुलनामा दशैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ । दशैँ सुरु हुनुअघि पेट्रोल २२ लाख लिटर खपत हुने गरेको थियो । अहिले पेट्रोलको खपत दैनिक ३५ लाख लिटर […]