२०७७ असोज १३
कृष्णा शर्मा
दैलेख ,नारायण नगरपालिका ९ ठालुडाँडाँस्थित पोल्टी व्यबसायि भिम प्रसाद रेग्मी को कुखुरा फर्म मा गयराति आठ पैतालिसमा चितुवा छिरेको छ ।
चितुवा खोरमा छिरेलग्तै घरपरिवार ब्यूझेकाले चितुवा मानिसहरु प्रति नै आक्रामक बनेको थियो
खोरमा प्रयोग गरियको बलियो तार जालिका कारण भित्र छिरेपछि बाहिर आउन नसकेको चितुवा करिब एक घण्टा भन्दा बढि थुनियको हो
करिब तिनसय पचाँस कुखुरा रहेको उक्त खोरमा एउा मात्र कुखुरा मरेको र करिब दश भन्द बढि कुखुरा घाइते बनेका छन।
खोरमा चितुवा छिरेलगतै जिल्ला प्रहरिकार्यालय दैलेबाट इन्सपेक्टर उपेन्द्र आर्चाय को नेतृत्वमा आयको टोलि र जिल्ला बन कार्यालयको संयुक्त टोलिको थप एक घण्टाको प्रयास पछि चितुवा जंगल तिर निस्कियको थियो । मानबिय क्षति नभयपनि स्थानियहरु केहिबेर सम्म तनाव ग्रस्त बनेका थिय ।