वीपी साहित्य सम्मान पुरस्कार २०७७ ज्ञानमणि नेपाललाई

गज्जब नेपाल
२०७७ श्रावण २७, मंगलवार

 काठमाण्डाै

यस वर्षको वीपी साहित्य सम्मान पुरस्कार २०७७ वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपालले प्राप्त गर्नुहुने भएको छ । वीपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको एक लाख एक हजार राशिको पुरस्कार यस वर्ष साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गर्ने निर्णय भएको ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

यस्तै ट्रस्टले वितरण गर्ने ५१ हजार राशिको वीपी सेनानी सम्मान पुरस्कार २०७७ यस वर्ष प्रजातन्त्र स्थापनाको सङ्घर्षमा योगदान पुर्‍याएबापत होमनाथ दाहाललाई दिने निर्णय भएको पराजुलीले बताउनुभयो । यी पुरस्कार आगामी भदौ २४ गते वीपी जयन्तीको अवसरमा काठमाण्डाैमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने ट्रस्टले जनाएको छ ।

Next Post

साताको एक दिन ब्रत बसौं

२०७७ श्रावण २७, मंगलवार
    डा अरुणा उप्रेती       ‘यसपालिको तीजमा नो ब्रत प्लिज’ गीतले धेरै बहस उत्पन्न गरायो। आफूलाई लागेको कुरा मज्जासँग राख्न पाउनु नै लोकतन्त्रको सुन्दर पक्ष हो। यो गीतमा धेरैले आ-आफ्नै राय दिए। तीजको ब्रतबारे बेग्लै बहस होला। म यहाँ आज ब्रतको मात्र कुरा गर्छु र महिला-पुरुष दुवैलाई […]