कोरोनाले जनकपुरका पूर्वमेयर कृष्ण गिरीको ज्यान लियाे

गज्जब नेपाल
२०७७ श्रावण २८, बुधबार

जनकपुर
जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणको कारण मंगलबार राति काठमाडौंमा मृत्यु भएको छ । उनी ७३ वर्षका थिए । १५ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएका गिरीको मंगलबार राति १२ बजेर १० मिनेटमा मृत्यु भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

जनकपुरको मिल्स एरियास्थित रामा होटलका सञ्चालकसमेत रहेका गिरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि श्री एयरलायन्सको विमान चार्टर गरेर काठमाडौं लगिएको थियो । ‘कोरोना भाइरस संक्रमणसँगै उहाँमा अन्य जटिल समस्या पनि थियो,’ पारिवारिक सदस्य अनुराग गिरीले भने, ‘उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो ।’

नेपाल परिवार नियोजन संघ धनुषाको २५ वर्षसम्म अध्यक्ष रहेका मृतक गिरी ०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए । नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका गिरीको दुई छोरा र श्रीमती छन् । उनका दुवै छोरा डाक्टर हुन् । ब्रुनाईमा रहेका गिरीका जेठो छोरा काठमाडौं फर्किसकेका छन् । कान्छो छोरा भने अस्‍ट्रेलियाको सिड्नीमा बस्छन् ।

स्राेतः इकान्तिपुर

Next Post

कालिकोटमा पहिरोले एकै परिवारका छ जनाको ज्यान लियाे

२०७७ श्रावण २८, बुधबार
निरन्तरको वर्षाका कारण कालिकोटको महावै गाउँपालिका–३ नकुमा पहिरोले घर पुर्दा छ जनाको मृत्यु भएको छ। घटनास्थलमा रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका स्वकीय सचिव खेमबहादुर सिंहका अनुसार बिहीबार राति साढे १२ बजे वडा सदस्य रजबहादुर विष्टको घर पहिरोले पुरेको हो। सिंहका अनुसार पहिरोमा परेर रजबहादुरका छोरा १३ वर्षीय पुष्प विष्ट, […]