दैलेखमा एकसय शैयाका अस्पताल निर्माण गरिदै, नागरिक उत्साहित

१ लाख ५७ हजार ६ सय ११ जनसंख्या लाभान्वित हुने

गज्जब नेपाल
२०७७ मंसिर १८, बिहीबार २०:१७

२०७७ मंसिर १७, दैलेख

जिल्लाका ७ स्थानीय तहमा १०० शैंयाँ आधारभुत अस्पताल निर्माण गरिने भएको छ । नेपाल सरकारले आम नागरिकमा स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्य अन्र्तगर्त जिल्लामा गएको सोमबार ७ वटा अस्पतालको शिलान्यास गरिएको हो । नेपालभरि ३ सय ९३ वटा अस्पतालको शिलान्यास गरिरहेका बेला दैलेखका ११ वटा स्थानीय तह मध्य ७ वटा स्थानीय तहमा १०० शैंयाको अस्पतालको शिलान्यास गरिएको हो ।

आम नागरिक स्वस्थ सँग बाँच्नपाउनु पर्ने संविधानमा मौलिक हक अधिकार भएकोले स्थानीय तहमा सुविधासम्पन्न पुर्वाधार,स्वास्कर्मी चिकित्सक स्वास्थ्य उपकरण सहितको आधारभुत अस्पताल बनाउन महाअभियान एकै साथ शुरु गरिएको छ ।

जिल्लाको आठविस नगरपालिकामा १५ शैयाँ,ठाटीकाँध गाउँपालिकामा १५ शैयाँ,भैरवी गाउँपालिकामा १५,चामुण्डाविन्दासैनी नगरपालिकामा १५ शैयाँ,महाबु गाउँपालिकामा १० शैयाँ,््नौमुले गाउँपालिकामा १५ शैयाँ,गुराँस गाउँपालिकामा १५ शैयाँ गरि १०० शैयाँ अस्पतालको एकैदिन शिलान्यास गरिएको स्वास्थ्यसेवा कार्यालय दैलेखका प्रमुख निराञ्जन पन्तले बताए । २०६८ को जनसंख्या गणना अनुसार ७ वटा स्थानीय तहका ७ वटा आधारभुत स्वास्थ्य सेवाबाट जिल्लाका १ लाख ५७ हजार ६ सय ११ जनसंख्याले सेवा पाउने भएका हुन् । जस अनुसार आठविस नगरपालिकामा २९ हजार २२७ ,ठाटीकाँधका १८ हजार ८९६, चामुण्डाविन्द्रासैनी नगरपालिकामा २६ हजार १४३,महाबु गाउँपालिका १९ हजार २७७,नौमुले २० हजार ८०२, गुराँसमा २२ हजार ३३, जनासंख्या, लाभान्वित हुने छन् ।

मृत्यु मार्गको उपमा पाएको कर्णाली राजमार्ग अन्र्तगत कुनै पनि अस्पताल नहुँदा दुर्घटना हुँदा अधिकाँश यात्रीले उपचार नपाएर मुत्यु हुनु परेको आठविस नगरपालिकाका नगरप्रमुख खडकराज उपाध्याय बताए । राजमार्ग अन्र्तगत कुनै अस्पताल नहुँदा दुर्घटनामा परी घाइते भएकाहरुले समयमै उपचार नपाउँदै ज्यान समेत गुमाएका छन् । स्वास्थ्य चौकीकै भरमा रहेका यहाँका नागरिकहरुले अब भने स्वास्थ्योपचारमा राहतको महसुस गरेका नगरप्रमुखले जानकारी दिए ।

नगरको राकमकर्णाली बजार नजिकै नैनलमाडुमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भनेपछि स्थानीयले राहत महसुस गरेका छन् । अन्य ठाउँको भन्दा यो नगरपालिकामा बनेको अस्पतालको धेरै महत्व छ । कालिकोट जिल्ला र अछाम जिल्लाका समेत नागरिकले सेवा लिन आउँछ । आठविस नगरपालिका अछाम,कालिकाटको संगम स्थल हो । उनले ‘संघीय सरकारको लगानीमा अस्पताल निर्माण थालनी भएपछि खुसी लागेको छ ।’

नगरपालिका, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश सरकारको संयुक्त प्रयासमा आठविस नगरपालिका–३ जाक्सीमा एक सय शैयाको अस्पताल निर्माण गरिने मेयर उपाध्यायले बताए । त्यतिमात्रै नभइ नगरमा ट्रमा सेन्टर समेत स्थापनाको तयारी थालिएको छ । दैलेख सुर्खेत सडक खण्डमै पर्ने गाउँपालिकामा हो, गुराँस । सडक खण्डले छिचोलेको यो गाउँपालिकाका सर्वसाधरणहरु बिरामी हुँदा उपचारका लागि जिल्ला सदरमुकाम दैलेख, प्रदेश राजधानी सुर्खेत, लुम्बिनी प्रदेशको कोहलपुर तथा नेपालगंजका साथै भारतमा जानुपर्ने बाध्यता छ ।

सामान्य बिरामी भए पनि ठूलो रकम खर्चिएर नेपालगंज देखि भारतसम्म जानुपर्ने बाध्यता अब अन्त्य हुनेमा स्थानीय विश्वस्त छन् ।गुराँस गाउँपालिका–४ मा १५ शैयाको अस्पताल बन्ने भएपछि स्थानीय खुसी छन् । बराहस्थित सेरीबाडा स्वास्थ्य चौकी परिषरमा प्रतिनिधि सभाका सदस्य पार्वतीकुमारी विशुन्केले अस्पतालको शिलान्यास गरेकी थिईन । देशभरका सबै पालिकामा आधारभूत स्वास्थ्य सेवा पु¥याउन सरकारले अघि सारेको ५ देखि १५ बेडसम्मका अस्पताल निर्माण अन्तरगर्त दैलेखका सात वटै तहका अस्पतालहरु शिलान्यास गरिएको छ ।

यद्दपी जिल्लामा रहेका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी र पर्याप्त उपकरण नहुँदा स्तरीय सेवा पु¥याउन नसकिरहेका बेला नयाँ संरचनाको शिलान्यास गरिए पनि भरपर्दो सेवा प्रवाह हुन सक्नेमा भने स्थानीय नागरिकहरु विश्वस्त छैनन् ।

तर, जनप्रतिनीधिहरु भने अस्पताल निर्माण भएपछि जनता गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुग्ने दाबी गरेका छन् । प्रतिनीधि सभा सदस्य पार्वतीकुमारी विशुन्केले अस्पताल सञ्चालनमा आएसँगै स्थानीय नागरिकहरुले घरदैलोमै स्वास्थ्य सेवा पाउने बताईन् ।

Next Post

‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा ज्याेती मगरकाे सेमि फाइनल पुग्ने सपना अधुरै

२०७७ मंसिर १८, बिहीबार २०:१७
गायिका ज्योती मगर हिमालय टेलिभिजनबाट प्रशारण भैरहेको लोकप्रिय रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’बाट बाहिरिएकी छिन् । उनी, शोको सेमिफाइनलको नजिक पुगेर बाहिरिएकी हुन् । ज्योतीले यो शोमा विभिन्न शैलकिा नृत्य प्रस्तुत गरिन् । दर्शकमाझ हट गायिकाको रुपमा चिनिएकी ज्योतीले आफ्नो शैलीलाई परिवर्तन गर्ने कोशिश यो शोमा गरेकी थिइन् […]

याे पनि पढ्नुहाेस्