मतगणना स्थलमा तारजाली नलगाइने,सीसी क्यामेरा भने राख्ने

केशबराज पाैडेल
२०७९ कार्तिक १६, बुधबार १७:३८

काठमाण्डौ –  निर्वाचन आयोगले मतगणना स्थलमा तारजाली नलगाइने बताएको छ । आज बुधवार पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतगणना स्थलमा तारजाली नलगाइने बताएका हुन ।

प्रमुख आयुक्त थपलियाले मतपत्रको सुरक्षा र गणना स्थलको सुरक्षाका लागि सीसी क्यामेरा भने राख्ने जानकारी दिए । विगतका चुनावमा मतपत्र चपाउनेजस्ता घटना भएपछि मतपत्र सुरक्षाका लागि भन्दै मतगणना स्थलमा तारजाली लगाइँदै आएको थियो ।

प्रचारप्रसारको यो अवस्थामा चुनावको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारहरूलाई आग्रह गरिएको छ । यसबैची राजनीतिक दल र उम्मेदवारहरूले भोलि बिहीवारदेखी जुलुस, आमसभा र कोणसभा गर्न पाउनेछन् ।

Next Post

१ नम्बर प्रदेशको नाम किरात राख्नुपर्ने माग

२०७९ कार्तिक १६, बुधबार १७:३८
विराटनगर-  किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिले १ नम्बर प्रदेशको नाम किरात राख्नुपर्ने माग राख्दै प्रतिनिधिसभा एवम् प्रदेशसभाका लागि मोरङका उम्मेदवारलाई ज्ञापनपत्र बुझाएको छ। आज शनिबार विराटनगरमा कार्यक्रम आयोजना गर्दै किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिले उक्त ज्ञापनपत्र उम्मेदवारलाई बुझाएको हो। ज्ञापनपत्र बुझेपछि मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार अमनलाल मोदीले माओवादी […]