काठमाण्डाै उपत्यकामा पछिल्लाे २४ घण्टामा ४२९ जनामा पुष्टि

गज्जब नेपाल
२०७७ भाद्र १४, आईतवार १७:४८

भदौ १४, २०७७ काठमाण्डाै

काठमाण्डाै उपत्यकामा पछिल्लाे २४ घण्टामा ४२९ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।


स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार काठमाण्डाैका तीन सय ७२ ललितपुर १२ र भक्तपुरमा ४५ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै पछिल्लाे २४ घण्टामा उपत्यकासहित देशैभर १२२१ काेराेनाका सङ्क्रमित थपिएका छन् ।

केही दिनयता काठमाण्डौ उपत्यकासहित देशैभर कोरोनाको जोखिम बढिरहेको छ । यही अवस्थालाई ध्यानमा राखी विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको अवधि थप गरिएको छ । गएकाे बुधबार रातिसम्म लागू गरिएको निषेधाज्ञाको अवधि एक हप्ताले बढाइएको हो ।

Next Post

बाँकेमा ५ लाख ३० हजार घुस रकमसहित कार्यालय प्रमुख पक्राउ

२०७७ भाद्र १४, आईतवार १७:४८
बुटवल । भौतिक पूर्वाधार बिकास कार्यालय, बाँकेका सिनियर इन्जिनियर पाँच लाख ३० हजार घुससहित पक्राउ परेका छन् । पूर्वाधार विकास कार्यालय, बाँकेका कार्यालय प्रमुख समेत रहेका मनिषकुमार अर्याल श्रोत नखुलेको रु ५ लाख ३० हजार नगदसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको […]