नारायणगढ–मुग्लिन सडक थप एक महिना दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन सडक बन्द

केशबराज पाैडेल
२०७९ माघ ५, बिहीबार ०९:२१

काठमाण्डौ – नारायणगढ–मुग्लिन सडक थप एक महिना बाटो बन्द हुने भएको छ । काम नसकिएपछि बाटो बन्द गरेर काम गरिने भएको बताइएको छ । आजदेखि दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन सडक बन्द गर्न लागिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले गाडी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताएका छन । निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ ।

यसअघि भएको निर्णय अनुसार हिजो ४ गते ३० दिन पुगेको थियो । पुसको ३० गते र माघको १ गते माघे संक्रान्तिका कारण सडक बन्द गरिएको थिएन ।
हिजोसम्म सडक दिउँसो समयमा बन्द हुने भनिए पनि भित्तो काट्ने नसकिँदा फेरि एक महिना थप गरिएको हो ।

Next Post

आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

२०७९ माघ ५, बिहीबार ०९:२१
काठमाण्डौ – आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । दिउँसो एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान छ । पानी पार्ने गरी पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नभएकाले तत्काललाई जमिन […]