आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

केशबराज पाैडेल
२०७९ माघ ५, बिहीबार ०९:२८

काठमाण्डौ – आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

दिउँसो एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान छ । पानी पार्ने गरी पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नभएकाले तत्काललाई जमिन भिज्नेगरी पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् नगरकोटीले जानकारी दिनुभयो ।न्यूनतम तापक्रम घट्नुमा खास कारण नभए पनि पश्चिमी वायुको सामान्य प्रभावकै कारण तापक्रम घटेको मौसमविद्ले बताएका छन् ।

यस्तै, आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा पनि हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । अन्य ठाउँको मौसम भने आज सामान्यतया सफा नै रहने अनुमान छ ।

Next Post

भ्रामक सूचना कम गर्न फेलोशिप तालिम

२०७९ माघ ५, बिहीबार ०९:२८
७ माघ, २०७९ दैलेख मेडिया एण्ड ईन्फरमेसन फेलोशिप ट्रेनिङ सम्पन्न भएको छ दैलेखमा दुई दिने मिडिया एण्ड ईन्फमेसन फेलोशिप तालिम सम्पन्न भएको छ । यूनेश्को युथ मिडिया च्यान्पेन्शीपको आयोजना तथा नारायण नगरपालिका, एभरेष्ट क्लव,दैलेख र पंचकोशी ज्वाला यूवा प्रतिष्ठानकाे समन्वयमा तालिम संचालन गरिएको हो । दुई दिन सम्म संचालन भएको […]

याे पनि पढ्नुहाेस्