
काठमाण्डौ – पछिल्लो २४ घण्टामा दुई सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ३६ जनाको नमुना परीक्षण गर्दा दुई सय ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार पाँच सय पाँच जना रहेको छ ।यही अवधिमा ७८ जना कोरोना सङ्क्रमित निको भएका छन् ।


