जब नाैमूलेका अध्यक्ष राहत लिएर बाढीपिडितकाे घरमै पुगे

गज्जब नेपाल
२०७९ भाद्र १२, आईतवार १७:४६

नौमुले, भदौ १२, दैलेख

शनिवार राती आएको अविरल वर्षाका कारण आएकाे बाढीले स्थानीयकाे घर र खेतीबालीमा ठूलाे क्षती पुर्याएकाे छ । नौमुले गाउँपालिका वडा नं ५ स्थित वारि बजार र रापट टोल बाढीले प्रभावित भएपछि गाउपालिकाका अध्यक्ष छवि सुवेदी राहत बोकेर बाढीपिडितको घरमा पुगेका छन । स्थानीय सरकार प्रमुख घरमै आएर राहत प्रदान गरेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

‘जनताको घरघरमा सरकार’ भन्ने कार्यक्रम अनुसार राहत सामाग्री बाेकेर घरमै पुगेकाे अध्यक्ष सुवेदीले बताए । एमविवीएस पढ्दापढ्दै राजनीतिमा लागेका अध्यक्ष सुवेदी जनताको माँझमा अत्यन्तै लोकप्रिय नेताका रूपमा चिनिन्छन् । उनले गाउँगाउँमा गएर जनताको स्वास्थ्य अवस्था चेकजाँच गर्ने काम पनि गरिरहेका छन ।

Next Post

प्रचण्ड र नारायणकाजी गोरखा १ र २ मा सिफारिस बावुराम अन्याैलमा

२०७९ भाद्र १२, आईतवार १७:४६
१७ भाद्र २०७९, काठ्माडाैं नेकपा माओवादी केन्द्र गोरखाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार बनाउन सिफारिस गरेको छ। यद्यपी प्रचण्डले आफू चितवन क्षेत्र नम्बर ३ मै उठ्ने बताइरहेका छन्। आजै सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा पनि अध्यक्ष प्रचण्डले आफू चितवन ३ मै उठ्ने बताएका […]