बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प

केशबराज पाैडेल
२०७९ माघ १०, मंगलवार

काठमाडाैं : सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसाे २ बजेर ४५ मिनेट जाँदा भूकम्पकाे धक्का महसुस गरिएको हो।

भुकम्प मापन केन्द्रका अनुसार ५.९ म्याग्निच्यूडको भूकम्प गएको हाे भने उक्त भूकम्पको धक्का कर्णाली प्रदेशका जिल्लाहरूमा समेत महसुस गरिएको छ।

सदरमुकाम चैनपुरमा रहेकाे कृषि ज्ञानकेन्द्रको भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको भवन भूकम्पले भत्काएको र अन्य क्षतिकाे विवरण भने हालसम्म नआएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ।थाहाखबर

Next Post

दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको निधन (भिडियाे)

२०७९ माघ १०, मंगलवार
२७ माघ २०७९, दैलेख दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरूङको निधन भएको छ । गुरुङ्गको हृदयाघातका कारण शुक्रबार निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन् । प्रहरीका अनुसार बिहान ११ बजेर ३६ मिनेटमा जिल्ला अस्पताल दैलेखमा उनलाई मृत घोषणा गरेको थियो […]