मतदाता नामावलीमा नाम भएकाले आधिकारिक परिचयपत्रबाट पनि मतदान गर्न पाउने

केशबराज पाैडेल
२०७९ आश्विन ३०, आईतवार

काठमाण्डौ – आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा मतदाता नामावलीमा नाम भएकाले आधिकारिक निकायको परिचयपत्रबाट पनि मतदान गर्न पाउने भएका छन् ।
चुनावमा मतदाताले आफ्नो नाम भएको मतदान केन्द्रमा गएर आयोगले प्रदान गरेको परिचयपत्र वा अन्य परिचय खुल्ने सरकारी परिचयपत्रबाट पनि मतदान गर्न पाउने भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, लालपुर्जा वा आधिकारिक निकायबाट जारी परिचय खुल्ने परिचयपत्र देखाएर पनि मतदान गर्न पाउने व्यवस्था गरिएकोजानकारी दिएका छन ।

Next Post

निर्वाचनमा उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण ( सुचि सहित)

२०७९ आश्विन ३०, आईतवार
काठमाण्डौ – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेको छ । विभिन्न तीन पक्षलाई आधार मानेर निर्वाचन आयोगले पहिलो हुने निर्वाचित प्रणालीतर्फ फरक–फरक निर्वाचन क्षेत्रका लागि फरक–फरक खर्चको सीमा तोकेको छ । कुन निर्वाचन क्षेत्रका […]