नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक पत्रकारको पनि मृत्यु

गज्जब नेपाल
२०७७ भाद्र २३, मंगलवार

२३ भदौ, बुटवल ।

नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक पत्रकारको पनि मृत्यु भएको छ ।

कपिलवस्तुको तौलिहवाका ६२ वर्षीय ती पत्रकारको सोमबार दिउँसो मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

ती पत्रकारमा उच्च रक्तचाप, मधुमेह र मिर्गौला पनि समस्या थियो । घरमै रहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल तौलिहवा पु¥याइएकोमा अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

Next Post

बैतडीमा स्वास्थ्यकर्मीमाथि कुटपिट

२०७७ भाद्र २३, मंगलवार
२३ भदौ, दैलेख बैतडीमा एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । स्वाब संकलन गर्न खटाईएका सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भुपेन्द्र बोहरामाथि कुटपिट भएको हो । सामाजिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय भानसिंह बोहराले कुटपिट गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिएका छन  । […]