एमाले सचिव रायमाझीका बाबुछोरा र पूर्वगृहमन्त्री बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी

गज्जब नेपाल
२०८० बैशाख २०, बुधबार

एमाले सचिव रायमाझीका बाबुछोरा र उपाध्यक्ष बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी नेकपा एमालेका सचिव, सांसद एवम् पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उहाँका छोरा सन्दीप रायमाझी र एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा संलग्नता देखिएपछि प्रहरीले रायमाझीका बाबुछोरालाई पक्राउ पुर्जी जारी गरेको हो ।

यसै घटनामा नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले आजै पक्राउ गरेको छ । पूर्व गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई अस्ति सोमवार समातिएका छन् ।

Next Post

संखुवासभा हेलिकप्टर दुर्घटनाः ५ मध्य ३ जना घाइतेलाई काठमाडौं लगियाे

२०८० बैशाख २०, बुधबार
२२ वैशाख, काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । गम्भीर घाइते भएका ३ जनालाई काठमाडौं पठाइएको र अवस्था सामान्य रहेका २ जनाको भने खाँदीबारीमै उपचार गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनबाबु खड्काले बताए । दुर्घटनामा ५ जना घाइते […]