दुल्लूमा टिप्पर दुर्घटना हुदा चालककाे मृत्यु ,दुइजना घाइते

केशबराज पाैडेल
२०८० आश्विन १६, मंगलवार ०६:२३

केशवराज पाैडेल आश्विन १६,२०८०

दैलेखकाे दुल्लूमा टिप्पर दुर्घटना भएकाे छ । टिप्पर हिजाे राति (साेमबार)अन्दाजि आठ बजे तल्लाे डुङ्गेश्वर बाट दुल्लु जाने क्रममा दुल्लु नगरपालिका १ स्थित मन्डा टिमिला पानि नजिक दुर्घटनामा परेकाे हाे ।

क प्र ०२००१ क १९९ नम्बरको टिप्पर दुर्घटना हुदा दुल्लु ७ का चालक गाेपाल थापा भनिने बर्ष ३३ का भुपेन्द्र थापाकाे मृत्युु भएको छ । साेहि टिप्परमा बसेका अन्य २ जना घाईते भएका छन । घाइते हुनेमा दुल्लु नगरपालिका ७ बस्ने बर्ष ३५ का चन्द्र बहादुर थापा र प्युठानका बर्ष ३० का मुक्त प्रसाद उपाध्याय रहेका छन ।

घाईतेलाई उपचारकाे लागि दुल्लु अस्पतालले सुर्खेत रिफर गरेकाे छ ।टिप्पर दुर्घटनाकाे कारण खुल्न नसकेको इलाका प्रहरि कार्यालय दुल्लुले जनाएको छ ।टिप्पर  सडक बाट करिब सय मिटर तल खसेको थियाे । इलाका प्रहरि कार्यालय दुल्लु र प्रहरि चाैकि दुल्लु काे टाेलि राति करिब ९ बजे घटना स्थलमा पुगेर उद्दार गरेकाे थियाे ।

Next Post

जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

२०८० आश्विन १६, मंगलवार ०६:२३
काठमाडौँ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए । ‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, उनले भने । दैलेखको कृषि बिकास कार्यालयको भवन […]