टिकटक बन्द गर्ने निर्णय पछी इन्टरनेट सेवा प्रदायकहरूलाई टिकटक बन्द गर्न पत्राचार

केशबराज पाैडेल
२०८० कार्तिक २७, सोमबार २०:४३

काठमाण्डौ – मन्त्रिपरिषद्को आज सोमवार बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई टिकटक बन्द गर्न पत्राचार गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको हाे ।
मन्त्रिपरिषद्को आज सोमवार बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो ।

इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटर संस्थालाई पत्राचार भइसकेकाले छिट्टै टिकटक बन्द हुने प्राधिकरणको विश्वास छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ुवर्ल्डलिङ्कु लगायतका कम्पनीहरूले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै सबै टिकटक बन्द हुने जानकारी दिनुभयो ।

Next Post

बाघको आक्रमण बाट बर्दियामा एक जनाको मृत्यू

२०८० कार्तिक २७, सोमबार २०:४३
बर्दिया – पाटेबाघको आक्रमणबाट बर्दियाको राजापुर नगरपालिकामा एक जनाको ज्यान गएको छ । राजापुर–१० सुकुम्बासी टोलकी २४ वर्षीया ममता सुनारलाई घर नजिकैको वनबाट आएको बाघले आक्रमण गर्दा ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत दोर्णराज शर्माले जानकारी दिनुभयो । आज नेपाल–भारत सिमानामा पर्ने घर नजिकैको वनमा घाँस काट्न […]

याे पनि पढ्नुहाेस्