
काठमाडौं – विगत १३ दिनदेखि अनशनरत डा.गोविन्द केसीले आज अनशन तोडेका छन्।
विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि केसीले धनगढीबाट अनशन सुरु गरेका थिए। उनले आज साँझ सरकारसँग १० बुँदे सहमति भएपछि अनशन तोडेका हुन्।
केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन्। आज भएको सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको उनका समर्थित प्रितम सुवेदीले बताए।
केसीका मागमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने मागका विषयमा भने कुनै सहमति हुन सकेको छैन । पत्रकार सम्मेलनमा डा. केसीले समयसीमाभित्र माग सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी दिएका छन्।
आज भएका सहमतिहरु ,






