बर्दिया – पाटेबाघको आक्रमणबाट बर्दियाको राजापुर नगरपालिकामा एक जनाको ज्यान गएको छ । राजापुर–१० सुकुम्बासी टोलकी २४ वर्षीया ममता सुनारलाई घर नजिकैको वनबाट आएको बाघले आक्रमण गर्दा ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत दोर्णराज शर्माले जानकारी दिनुभयो ।
आज नेपाल–भारत सिमानामा पर्ने घर नजिकैको वनमा घाँस काट्न गएको बेला सुनार बाघको आक्रमणमा परि गम्भीर घाइते हुन । सुनारलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्याउना साथ ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सिराम अर्यालले बताउनुभयो ।