आगोमा जलेर घाइते भएका नौमुलेका सुजललाइ सहयोग हस्तान्तरण

केशबराज पाैडेल
२०८० भाद्र १, शुक्रबार १६:२४

१ भाद्र२०८०

आगोमा जलेर गम्भीर घाईते भएका सुजलको थप उपचारका लागी सहयोग हस्तान्तरण गरिएको छ । दैलेखको नौमुले गाउँपालिका वडा नं २ का सुजल दर्लामि ५ बर्षको उमेरमा २०७९चैत ६ गते बालुटारमा आगोमा जलेर गम्भीर घाईते भएका थिए ।

उपचार गनर्का लागि घरको आर्थिक स्थिति एकदमै नाजुक भएको  समस्या लाई मध्यनजर गर्दै सगरमाथा साहित्य प्रतिष्ठान कर्णाली शाखाका सदस्य युवराज पाैडेलले कर्णाली शाखाकी अध्यक्ष बबिता बिष्ट सँग समन्वय एवं सल्लाह गरेर सुजल दर्लामि बचाउ अभियान सुरुवात गरेको बताउनुभएको हो । यस अभियानमा जोडिएर दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका १ का युवराज पौडेलले आफ्नो (जन्मदिन) बिशेष दिनको अवसर पारेर प्रत्क्षय रुपमा सुजल दर्लामिलाई काठमाण्डौ स्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा नै भेटेर  सुजलकि आमा पवित्रा दर्लामि लाई अभियानबाट संकलन गरेकाे उक्त
उन्तीस हजार छ सय साठी रुपयाँ नगद हस्तान्तरण गर्नुभएको हो ।

सुजल लाई पुर्ण स्वास्थ्य लाभको कामना गर्दै सगरमाथा साहित्य प्रतिष्ठान कर्णाली शाखाले सञ्चालन गरेको सुजल दर्लामि बचाउ अभियानमा जोडिएर सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरु प्रति बिशेष धन्यवाद ब्यक्त गरेको छ ।

प्रतिष्ठानका निम्न ब्यत्तीहरुबाट सहयोग रकम संकलन गरेको कर्णली शाखा सदस्य युबराज पौडेलले जानकारी दिनुभएको छ ।
क्र.सं   नाम             पद           रकम
1) अजित उत्सव केन्द्रीय अध्यक्ष रु 5100
2)बबिता बिष्ट क.शाखा अध्यक्ष रु 1000
3)युबराज पौडेल क.शाखा सदस्य रु 1010
4)जङ्ग बोगटी क.प्रथम उपाध्यक्ष रु 505
5)राज यात्री लम्साल के.सदस्य रु 1505
6)रेजिना सिंह जोशी क.सदस्य रु 1005
7) बुद्धि बल श्रेष्ठ अध्यक्ष नेपाल शाखा रु 1000
8) डिएल घिमिरे रु 1500
9) हरिकृष्ण बुढा क.शाखा सदस्य रु 1000
10) खगेन्द्र बुढा मगर रु 1180
11) बिजय खड्का संङ्गितकार / गजलकार रु 2000
12) मिलन तिमिल्सेना बर्दिया बाट रु 1000
13) गणेश बस्नेत ना न पा 7 रु 1555
14)रुपा थापा बिदुर नुवाकोट रु 1000
15) जिरन राई ललितपुर रु 1000
16) समर चेन्जोङ रु 1500
17) सिन्धु पौडेल( ईजरायल) रु 5100
18 ) केन्द्रीय प्रवक्ता राजेशराज गड्तौला रु 1000
19)भरत सुवेदी ना न पा दैलेख रु 200
20) पुर्ण बुढा क्षेत्री डुङ्गेश्वर गा.पा दैलेख रु 500
जम्मा सहयोग रकम = रु 29,660
पौडेल अहिले काठमाण्डौ स्थित रेडियो देसान्तर १००.३ मेगाहर्जमा कार्यरत हुनुहुन्छ । गज्जब नेपाल परिवारको तर्फबाट घाइते सुजल दर्लामीलाई पुर्ण स्वास्थ्य लाभको कामना सहित सहयोगी पौडेल लाई जन्मदिनको भब्य शुभकामना ।

Next Post

५ दिनदेखि हराएका घुमन्ते व्यापारी भेरीखाेलामा मृत भेटिए

२०८० भाद्र १, शुक्रबार १६:२४
दैलेख– दैलेखको भगवतीमाई गाउँपालिका–१ पगनाथको भेरीखोलामा एकजना मृत भेटिएका छन् । उनी गाउँगाउँ घुम्दै सिलाजित लगायतका जडिबुटी बेच्ने गरेकाे खुलेकाे छ । पाँच दिनदेखि उनलाइ स्थानीयले पनि कतै नदेखेको र मोबाइल सम्पर्क समेत बिच्छेद भएपछि परिवारजनले खोजिरहेका थिए । बाजुराको कात्तिकेपानीबाट कैलालीको बडीबर्दगोरिया गाउँपालिका–४ छतिवन बसाई सरेका ३१ वर्षीय वीरबहादुर […]

याे पनि पढ्नुहाेस्