दैलेखमा १४ वर्षकी वालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

गज्जब नेपाल
२०७७ पुष २७, सोमबार

२७ पुस २०७७, दैलेख

१४ बर्षीया बालिका बलात्कार गरेको आरोपमा दैलेख प्रहरीले  एक जना पक्राउ गरेकाे छ । बलात्कार आरोपमा जिल्लाकाे गुराँस गाउँपालिका–४ सेरीका २० बर्षीया राजन विकलाइ पक्राउ गरिएकाे  जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपि अनुपम श्रेष्ठले गज्जव नेपाललाइ जानकारी दिए ।

सुर्खेत घर भइ दैलेख मामाघरमा वस्दै आएकी एक १४ बर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने सूचनाका आधारमा विकलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । पक्राउ परेका विकलाई दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमती लिई जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखेर थप अनुसन्धान भइरहेकाे जनाइएको छ ।

 

Next Post

दैलेखमा ट्रकभित्रै चालक मृत भेटिए

२०७७ पुष २७, सोमबार
२७ पुस २०७७, दैलेख दैलेखमा एकजना मिनीट्रक चालक ट्रकभित्रै मृत अवस्थामा फेला परेका छन् ।  बिरेन्द्रनगर न.पा. १० बस्ने ४५ वर्षीय चालक गंगा बहादुर सुनार ट्रकभित्रै मृत अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपि) अनुपम श्रेष्ठले गज्जव नेपाललाइ जानकारी दिए । सुर्खेतबाट दैलेखकाे दुल्लूतर्फ जाँदै गरेकाे लु.अ.अ. मा. ९८१४ […]