दैलेखमा १४ वर्षकी वालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

गज्जब नेपाल
२०७७ पुष २७, सोमबार २१:०२

२७ पुस २०७७, दैलेख

१४ बर्षीया बालिका बलात्कार गरेको आरोपमा दैलेख प्रहरीले  एक जना पक्राउ गरेकाे छ । बलात्कार आरोपमा जिल्लाकाे गुराँस गाउँपालिका–४ सेरीका २० बर्षीया राजन विकलाइ पक्राउ गरिएकाे  जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपि अनुपम श्रेष्ठले गज्जव नेपाललाइ जानकारी दिए ।

सुर्खेत घर भइ दैलेख मामाघरमा वस्दै आएकी एक १४ बर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने सूचनाका आधारमा विकलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । पक्राउ परेका विकलाई दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमती लिई जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखेर थप अनुसन्धान भइरहेकाे जनाइएको छ ।

 

Next Post

दैलेखमा ट्रकभित्रै चालक मृत भेटिए

२०७७ पुष २७, सोमबार २१:०२
२७ पुस २०७७, दैलेख दैलेखमा एकजना मिनीट्रक चालक ट्रकभित्रै मृत अवस्थामा फेला परेका छन् ।  बिरेन्द्रनगर न.पा. १० बस्ने ४५ वर्षीय चालक गंगा बहादुर सुनार ट्रकभित्रै मृत अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपि) अनुपम श्रेष्ठले गज्जव नेपाललाइ जानकारी दिए । सुर्खेतबाट दैलेखकाे दुल्लूतर्फ जाँदै गरेकाे लु.अ.अ. मा. ९८१४ […]