दैलेखमा फेरी निषेधाज्ञा जारी

गज्जब नेपाल
२०७७ भाद्र ४, बिहीबार १४:२१

दैलेखमा स्थानिय प्रशाशनले फेरी निषेधाज्ञा जारि गरेको छ । नेपाली नारीहरूले विषेश रूपमा मनाउने तिजपर्व नजिकिदै गर्दा हुने भिडभाड कम गर्न ४ दिनका लागि निषेधाज्ञा जारि गरेको हाे ।

काेराेना भाइरसको सक्रमण फैलिन नदिन सजकता अपनाउन स्थानिय प्रशाशनले निषेधाज्ञा जारि गरेको बताएकाे छ । स्थानिय प्रसाशनले मिति २०७७।५।४ गते दिउसो २ बजेदेखि २०७७।५।७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारि गरेको छ ।

स्थानिय प्रशाशन ऐन २०२० को दफा ६ (३) तथा सक्रामक रोग एन २०२० को दफा २ बमोजिम जिल्लाको पुर्वमा जाजरकोट जिल्लाको सिमाना, पश्चिममा कालिकोट र अछाम जिल्लाको सिमाना उत्तरमा कालिकोट जिल्लाको सिमाना र दक्षिणमा सुर्खेत जिल्लाको सिमाना भित्र कुनै पनि गतिबिधि नगर्न नगराउन आदेश जारी गरेको छ ।

बिश्वभर महामारिको रूपमा फैलिएको कोभिड १९ को सक्रमणबाट दैलेख जिल्लामा हालसम्म ९७२ जनामा सक्रमण देखिएको छ भने तिनजनाको ज्यान गईसकेको छ । यस परिस्थितीमा कोरोना भाईरसको सक्रमण फैलन नदिन सजकता अपनाउन सक्रमणको बिस्तारलाई रोक्न तथा सचेतनामुलक र प्रवद्वनात्मक कार्य गर्न जरूरी रहेको भन्दै स्थानिय प्रशाशनले यस्तो निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिभर औषधि पसल, अस्पताल तथा स्वास्थ्यकेन्द्र , खानेपानी, बिघुत, फोहोरमैला ब्यबस्थापन लगाएतका अत्यावश्यक सेवा बाहेकका अन्य कुनैपनि सेवाहरू सञ्चालन गर्न निषेध गरिएकाे छ । साथै आदेश उल्लंघन गर्ने ब्यक्तिलाई प्रचलित कानुन बमोजिम कार्वाही गरिने ब्यहोरा समेत विहीबार जिल्ला प्रशासन कार्यलय दैलेखको जारी गरेको सुचनामा उल्लेख गरीएको छ।

जिल्ला प्रशासन कार्यालय दैलेखद्धारा जारी गरिएको सुचना हेर्नुहोस ।

Next Post

मलामी गएका ९०% मा कोरोना पुष्टि, पण्डित पनि संक्रमित

२०७७ भाद्र ४, बिहीबार १४:२१
रूपन्देही, जिल्लाको बुटवलमा एक जना महिलाको मलामी गएका ९० प्रतिशतलाई कोरोनाको संक्रमण पुष्टि भएको छ । साउन १८ गते बुटवल उपमहानगरपालिका- ११ कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो। उनी क्यान्सरको उपचारका लागि अस्पतालमा आएकी थिइन्। मृत्युपछि परिवारले कोरोना परीक्षण गर्न पर्छ कि भनेर सोधेका […]