अभिनेता पल शाहविरुद्ध यौन दुर्व्यवहारको उजुरी दर्ता

गज्जब नेपाल संवाददाता
 
२०७८ फाल्गुन ११, बुधबार १८:२५ मा प्रकाशित

काठमाडौं : अभिनेता पल शाहविरुद्ध यौन दुर्व्यवहारको उजुरी दर्ता भएकाे छ । उमेर नपुगेकी किशोरीमाथि यौन सम्बन्ध राखेको आरोपमा अभिनेता पल शाहविरुद्ध उजुरी दर्ता भएको हाे । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार उजुरी दर्ता भएको हो ।

पीडितका आफन्त प्रहरी कार्यालय पुगेर उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । उजुरीमाथि छानविन गरेर शाहमाथि अनुसन्धान अघि बढाइने बताइएको छ ।

मुलुकी अपराध संहिता २०७४ अनुसार मजुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ ।

१६ देखि १८ वर्षसम्म कम उमेरकी महिला भए १० देखि १२ वर्ष कैद सजायको व्यवस्था छ । पीडित किशोरीको उमेर १७ वर्ष रहेको छ ।

Next Post

श्रीमतीमाथी चक्कु प्रहार, श्रीमान पक्राउ

२०७८ फाल्गुन ११, बुधबार १८:२५
दैलेखः अन्तर्राष्ट्रिय महिला दिवसकै पूर्वसन्ध्यामा दैलेखमा एक पुरुषले चक्कु प्रहार गरि सख्त घाइते बनाएका छन्। नारायण नगरपालिका-११ की २४ वर्षीया सावित्रा शाहीमाथि उनका श्रीमान २७ वर्षीय बखतबहादुर शाहीले चक्कु प्रहार गरेकाे प्रहरीले जनाएको छ। घरमा बारम्बार कुटपिट र दुर्व्यवहार हुन थालेपछि सावित्रा गत पुस २९ गतेदेखि नौमूले गाउँपालिका-८ चौराठास्थित माइतीघरमा […]