
हेटौंडा – हेटौंडामा विद्यालयको गेटले च्यापिएर एक विद्यार्थी गम्भीर घाइते भएकी छिन ।
हेटौंडाको भीमफेदी गाउँपालिका–४ निबुवाटारस्थित बाराही माध्यमिक विद्यालयको फलामको गेट एक्कासी ढल्दा च्यापिएर सोहीविद्यालयमा कक्षा १ मा अध्यययनरत ५ वर्षीया छात्रा मालती पाख्रिन गम्भीर घाइते भएकी हुन्।
पाख्रिनलाई विद्यालय छुट्टी भएर घर जाने क्रममा गेट ढलेर थिचेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन । गम्भीर अवस्थामा रहेकी मालतीको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भरतपुर रिफर गरेको जनाइएको छ ।


