आईपीएलमा बैंगलोरको विजयी सुरुवात

गज्जव नेपाल संवाददाता
 
२०७७ आश्विन ६, मंगलवार ०७:२० मा प्रकाशित

असोज ६, २०७७
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राति भएको खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो । बैंगलोरले हैदराबादलाई १ सय ६४ रनको लक्ष्य दिएको थियो । तर हैदराबाद १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटियो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । जितसँगै बैंगलोरले २ अंक जोडेको छ । पराजित भएको हैदराबादको शून्य अंक छ ।

Next Post

असोज १५ देखि कतार, साउदी र कुवेतबाट नियमित उडान हुने, उडान सङ्ख्या पनि थपियो

२०७७ आश्विन ६, मंगलवार ०७:२०
असोज ६, २०७७ काठमाण्डौ – साउदी, कतार र कुवेतबाट पनि सरकारले नियमित उडान सुरु गर्ने भएको छ । सरकारले १ अक्टोबर अर्थात असोज १५ देखि खाडीका तीन देश कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने जनाएको छ । यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा […]