दैलेखमा धमाधम पिसिआर परीक्षण, आजै १०९ जनाको स्वाब संकलन, रिपाेर्ट भाेली (भिडियाे)

समुदाय स्तरमा कोरोनाको संक्रमण देखिन थालेपछि पिसिआर परीक्षणको दायरा बढाइयाे

गज्जब नेपाल
२०७७ भाद्र १८, बिहीबार

१८ भाद्र २०७७, दैलेख

दैलेखमा समुदाय स्तरमा कोरोनाको संक्रमण देखिन थालेपछि पिसिआर परीक्षणको दायरा बढाइएको छ ।

जिल्लाको सदरमुकाम समेत रहेको दैलेख बजारमा धेरै जनघनत्व भएकोले कोरोना भाइरसको संक्रमण छिटो फैलिन सक्ने भन्दै पहिलो चरणमा स्थानीय व्यापारीहरुको चेकजाँच गरिएको स्वास्थ्य शाखा संयोजक लाल बहादुर खड्काले बताए ।

समुदायमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तिब्र रुपमा पिसिआर परीक्षण थालिएको नारायण नगरपालिका वडा नं. १ का अध्यक्ष तीर्थ नारायण श्रेष्ठले बताए । उनले वडा नं. १ मा मात्रै ५७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको बताए ।

पहिलो चरण अन्र्तगत आजमात्रै १०९ जना स्थानीय व्यापारी तथा कर्मचारीह्ररुको स्वाब संकलन गरिएको र रिपोर्ट भोलीसम्म आउने अध्यक्ष श्रेष्ठले बताए । कोरोनाको संक्रमण कम गर्न स्थानीय प्रशासनले भगवतीटोललाई शिल गरेको छ ।

भिडियाे हेर्नुहाेस

Next Post

लकडाउनमै ७३ जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाए

२०७७ भाद्र १८, बिहीबार
भदौ २०, २०७७, काठमाण्डाै लकडाउन अवधिमा देशभर ७३ जना गर्भवती तथा सुत्केरीको ज्यान गएको छ । २०७६ चैत ११ गतेदेखि २०७७ साउन मसान्तभित्रमा देशका विभिन्न ठाउँमा गरी ७३ जना गर्भवती तथा सुत्केरीको ज्यान गएको छ ।     मृतकमध्ये धेरैको अत्याधिक रक्तश्राव तथा सुत्केरीपछि मुर्छा हुने समस्या रहेकाे परिवार कल्याण […]