प्रिमियर लिगमा लिड्स युनाइटेडको पहिलो जित

एजेन्सी
 
२०७७ आश्विन ४, आईतवार ०७:०२ मा प्रकाशित

असोज ४, २०७७
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले पहिलो जित दर्ता गरेको छ ।

लिड्सले फुलह्यामलाई ४-३ गोल अन्तरले पराजित गर्दै तालिकामा पहिलो तीन अंक लिएको हाे । हेल्डर कोस्टाले पाँचौं मिनेटमा गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाएका हुन् । एलेक्जेन्डर मिट्रोभीले पेनाल्टीमा गोल गर्दै ३४ औं मिनेटमा फुलह्यामलाई बराबरीमा ल्याएका थिए । मेटस किट्ल्जीले पेनाल्टीमा गोल गर्दा लिड्सले २-१ को अग्रता लिन सफल भयो । पहिलो हाफमा २-१ को अग्रता बनाएको लिड्सले दोस्रो हाफमा २ गोल खाँदा २ गोल थप्दै जित पक्का गरेको थियो ।

पेट्रिक बामफोर्डले ५१ औं मिनेटमा गोल गरेपछि लिड्स ३-१ ले अघि बढेको थियो । हेल्डर कोस्टाले ५७ औं मिनेटमा टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए । यस्तै फुलह्यामका लागि बोबीले ६२ औं मिनेटमा गोल गर्दै अग्रता ४-२ मा ल्याएका थिए । ६७ औं मिनेटमा मिट्रोभीले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ४-३ मा ल्याए पनि हार भने टार्न सकेनन् ।

Next Post

सेल्फ आइसोलेशनमा नबस्नेलाई १० हजार पाउन्डसम्म जरिवाना हुने

२०७७ आश्विन ४, आईतवार ०७:०२
काठमाण्डौ   बेलायतमा सेल्फ आइसोलेशनमा नबस्नेलाई १० हजार पाउन्डसम्म जरिवाना हुने भएको छ । कोरोना भाइरस संक्रमितको संख्या लगातार बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनले सेल्फ आइसोलेशनमा नबस्नेलाई १० हजार पाउन्ड जरिवाना गर्ने निर्णय गर्नुभएको हो । आउँदो १२ गतेदेखि कोरोना संक्रमण भएका व्यक्ति र कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति अनिवार्य आइसोलेशनमा बस्नुपर्ने […]

याे पनि पढ्नुहाेस्