दुल्लु बजारमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सरसफाइ

तीर्थ भण्डारी
२०८३ असार ७, आईतवार

दैलेख — राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा दुल्लु नगर समितिले दुल्लु बजार क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेको छ। अभियानमा पार्टीका कार्यकर्ता तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम अन्तर्गत बजार क्षेत्रका सडक तथा सार्वजनिक स्थलहरूमा रहेको फोहोर संकलन गरी सरसफाइ गरिएको हो। सहभागीहरूले वातावरण सफा राख्न सबै नागरिकको साझा जिम्मेवारी रहेको सन्देश पनि दिएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी दुल्लु नगर समितिका नगर सभापति जगत सुनारले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै सरसफाइ अभियान सञ्चालन गरिएको जानकारी दिएका छन्। उनले यस्ता कार्यक्रमहरूले जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। स्थानीय बासिन्दाहरूले पनि अभियानको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन हुनुपर्ने बताएका छन्।