व्यवसायीहरूका लागि अायाे खुसीकाे खबर

गज्जब नेपाल
२०७७ श्रावण २४, शनिबार १७:२९

नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजस्व बिभागले २०७७ श्रावण १ गते देखी लागु हुने गरी नेपालको श्रोत भएको बार्षिक २० लाख रुपया सम्म कारोबार र रु २ लाख सम्म आय भई आयकर ऐन २०५८ को दफा ४को उपदफा ४ को व्यबस्था छनौट गर्ने करदाताहरुले दफा ९६ बमोजिम बमोजिम पेश गर्नु पर्ने डे १ आय बिवरण तथा कर दाखिला फारमको ढाँचा बमोजिम भरि राजश्व संकलन गर्न अधिकार प्राप्त बैंक मार्फत दर दाखिला गरि आफ्नै घरबाट पनि कर चुक्ता प्राप्त गर्न सकिने व्यबस्था गरेको छ ।

हाल बिश्वब्यापि रुपमा फैलिएको कोभिड १९ का कारण कार्यालयमा लाइन बसी कर बुझाउदा संक्रमण फैलिने डर भएकोले सो रोग फैलिन नदिनको लागि सम्बन्धित करदाताले उक्त फारम भरि बैंक मार्फत कर दाखिला गरि सम्बन्धित आन्तरिक राजस्व कार्यालय मार्फत प्रयोग कर्ताको नाम र पासवर्ड प्राप्त गरि अनलाइन मार्फत कर चुक्ता प्राप्त गर्न सकिने व्यबस्था गरेको आन्तरिक राजश्व कार्यालय सुर्खेतका कर अधिकृत जग्गुलाल खरालले भन्नु भएको छ ।

साथै सोहि कार्यालयका कर अधिकृत हिक्मत सुनारले अघिल्ला बर्ष जस्तो कार्यालयमा उपस्थित भई झन्झटिलो प्रक्रिया अपनाउन नपर्ने उद्देश्यले आन्तरिक राजश्व बिभागले मिति २०७७।०३।२८ गते आय बिवरण तथा कर दाखिला फारम स्वीकृत गरि जारि गरेकोले उक्त आय बिवरण तथा कर दाखिला फारम अनुसार कर बुझि लिनु भनि नेपाल राष्ट्र बैंक, बैंकिङग कार्यालय सरकारि लेखा फाँटको परिपत्र नं. १० बाट आफ्ना मातहतका सम्पुर्ण बैंक तथा बित्तिय संस्थाहरुलाई परिपत्रसमेत गरि सकेकोले बैंकबाटै आय कर बुझि डे १ फारम अपडेट समेत हुने हुदा सम्पुर्ण करदाताहरुले समयमै कर बुझाई जिम्मेवार नागरिक बन्नका लागि अनुरोध गर्न भयो ।

उहाले सम्बन्धित करदाताले कार्यालयमा पयोर्ग कर्ता नाम र पार्सवर्ड उपलब्धको लागि निबेदन इमेल मार्फत पठाउनु भएमा यस कार्यालयबाट प्रयोगकर्ता नाम र पासवर्ड उपलब्ध गराइने समेत ब्यहोरा जानकारी दिनु भयो

Next Post

दैलेखमा एकैदिन १७ जनामा काेराेना देखियाे, राष्ट्रिय वाणिज्य बैंक सिल

२०७७ श्रावण २४, शनिबार १७:२९
राष्ट्रिय वाणिज्य बैंक दैलेख शाखा सिल गरिएको छ । बैंकमा कार्यरत १३ जना कर्मचारीहरुको पि.सि.आर. परिक्षण गर्दा एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको दैलेख शाखा प्रवन्धक चेतन कुमार वि.सि. ले जानकारी दिएका छन् । बैंक अर्को सुचना नआएसम्मका लागि सिल गरिएको हो । अचानक बैंक बन्द […]