सुर्खेतमा जारी कर्णाली प्रदेश स्तरीय अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता–२०८३ अन्तर्गत आज भएको खेलमा दैलेखले सुर्खेतमाथि ७ विकेटको प्रभावशाली जित दर्ता गरेको छ। पहिले ब्याटिङ गरेको उषा बाल वाटिका माध्यमिक विद्यालय, सुर्खेत दैलेखका बलरहरूको घातक प्रदर्शनसामु टिक्न सकेनन् । सुर्खेत १६.४ ओभरमा ८२ रनमै अलआउट भयो। सुर्खेतले दिएको ८३ रनको सामान्य लक्ष्य पछ्याएकाे दैलेखले केवल १०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै सहज जित हात पार्यो।
दैलेखको जितमा च्यालेन्ज भण्डारी नायक बने। उनले आफ्नो ४ ओभरको स्पेलमा २५ रन खर्चेर ५ विकेट लिँदै ह्याट्रिक समेत पूरा गरे। उनको घातक बलिङका कारण सुर्खेतको ब्याटिङ लाइनअप पूर्ण रूपमा दबाबमा परेको थियो। अन्य बलरहरूले पनि उत्कृष्ट साथ दिँदा सुर्खेत ठूलो स्कोर बनाउन असफल रह्यो।
लक्ष्य पछ्याउने क्रममा दैलेखका मुकेश तिरुवा ले २० बलमा २९ रन तथा कलम शाही ले अविजित २५ रन जोड्दै टोलीलाई सहज जित दिलाए। दैलेखले आक्रामक ब्याटिङ प्रदर्शन गर्दै निर्धारित लक्ष्य ९.३ ओभर बाँकी रहँदै पूरा गर्यो।
यस जितसँगै दैलेखले प्रतियोगितामा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ। दैलेखले आजै दिउँसो २:३० बजे सल्यानसँग अर्को महत्वपूर्ण खेल खेल्ने तालिका रहेको छ। लगातार दोस्रो जितको लक्ष्यसहित दैलेख मैदान उत्रिनेछ भने समर्थकहरू पनि अर्को उत्कृष्ट प्रदर्शनको प्रतीक्षामा छन्।

