२०७७ भाद्र १०, दैलेख
दैलेखमा निषेधाज्ञा फेरी थप भएकाे छ । समुदाय स्तरमै काेराेना भाइरसकाे संक्रमण फैलिरहेकाेले भिडभाड कम गर्न गत भाद्र ४ गतेदेखि जारी निषेधाज्ञा १२ गते राती १२ बजे सम्मकाे लागि पुनः थप गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी गराएकाे छ ।
काेराेना भाइरसको सक्रमण फैलिन नदिन सजकता अपनाउन स्थानिय प्रशाशनले निषेधाज्ञा जारि गरेको हाे । बिश्वभर महामारिको रूपमा फैलिएको कोभिड १९ को सक्रमणबाट दैलेख जिल्लामा हालसम्म १ हजार ३८ जनामा सक्रमण देखिएको छ भने ३ जनाको ज्यान गईसकेको छ । यस परिस्थितीमा कोरोना भाईरसको सक्रमण फैलन नदिन सजकता अपनाउन सक्रमणको बिस्तारलाई रोक्न तथा सचेतनामुलक र प्रवद्वनात्मक कार्य गर्न जरूरी रहेको भन्दै स्थानिय प्रशाशनले यस्तो निषेधाज्ञा जारी गरेको सूचना मार्फत जानकारी गराएकाे छ ।
स्थानिय प्रशाशन ऐन २०२० को दफा ६ (३) तथा सक्रामक रोग एन २०२० को दफा २ बमोजिम जिल्लाको पुर्वमा जाजरकोट जिल्लाको सिमाना, पश्चिममा कालिकोट र अछाम जिल्लाको सिमाना उत्तरमा कालिकोट जिल्लाको सिमाना र दक्षिणमा सुर्खेत जिल्लाको सिमाना भित्र कुनै पनि गतिबिधि नगर्न नगराउन आदेश जारी गरेको छ ।
निषेधाज्ञा अवधिभर औषधि पसल, अस्पताल तथा स्वास्थ्यकेन्द्र , खानेपानी, बिघुत, फोहोरमैला ब्यबस्थापन लगाएतका अत्यावश्यक सेवा बाहेकका अन्य कुनैपनि सेवाहरू सञ्चालन गर्न निषेध गरिएकाे छ । साथै आदेश उल्लंघन गर्ने ब्यक्तिलाई प्रचलित कानुन बमोजिम कार्वाही गरिने ब्यहोरा समेत विहीबार जिल्ला प्रशासन कार्यलय दैलेखको जारी गरेको सुचनामा उल्लेख गरीएको छ।
जिल्ला प्रशासन कार्यालय दैलेखद्धारा जारी गरिएको सुचना हेर्नुहोस ।



