कालीकोटकाे पहिराेमा एकै परिवारका ४ जना सहित मृत्यू हुनेकाे संख्या १० पुग्याे

गज्जब नेपाल
२०७७ भाद्र १४, आईतवार

१४ भाद्र २०७७, कालीकोट

कालीकोटकाे पहिराेमा परि एकै परिवारका ४ जना सहित मृत्यू हुनेकाे संख्या १० पुगेकाे छ । जिल्लाको तिलागुफा नगरपालिका– १ नाग्म बजारमा आइतबार बिहान गएको पहिरोमा पुरिएर  शुभकालिका गाउँपालिका–६ का एकै परिवारका ४ जनाकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

पहिराेमा पुरिएका ४० वर्षीय परेश शाही, उनकी ७ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिना को छोरा अक्कल शाहीकाे मृत्यू भएकाे छ । ४ जना मध्य ५ वर्षिय छाेरा निराजनकाे शव विहानै भेटिएकाे थियाे भने अन्य शव साँझ ७ बजेसम्म उद्धारमा खटिएको प्रहरी निकालेकाे हाे ।

यस्तै पहिराेमा परि मृत्यू हुनेमा तिलागुफा नगरपालिका १ का ३५ वर्षीय मनविर कटुवाल, ३० वर्षीय टेकबहादुर दमाई, २५ वर्षीय छोईनो दमाई र ६ वर्षीय गजेन्द्र दमाई रहेका छन्। सुर्खेतको विरेन्द्रनगर नगरपालिकाका २३ वर्षीय अमृत थापा र भेरीगंगा नगरपालिका १० की आईती खड्काकाे पनि पहिराेमा परि ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय कालिकाेटका प्रमुख श्यामवावु ओलियाले जानकारी दिएका छन् ।

पहिरोमा पुरिएका स्थानीय ३५ पर्षीया पुन्ना शाही र तिलागुफा नगरपालिका–३ का ११ वर्षीय अर्जुन हमालको उद्धार गरिएकाे छ । उनीहरूकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भैरहेको छ ।

Next Post

मुगुमा ट्याक्टरकाे ठक्करबाट एक जनाको मृत्यु

२०७७ भाद्र १४, आईतवार
भदौ १५, मुगु मुगुमा ट्याक्टरले ठक्कर दिंदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाकाे छायाँनाथ रारा नगरपालिका वडा न ७ मा पर्ने गोब्रेगाड नजिकै ट्याक्टर दुर्घटना भएकाे थियाे । साेमवार दिउसो करिव ४ बजे तिर ट्याक्टरले ठक्कर दिंदा छायानाथ रारा नगरपालिका वडा नं ७ पिना गाउका पुर्ण बहादुर बमको […]