‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा ज्याेती मगरकाे सेमि फाइनल पुग्ने सपना अधुरै

गज्जब नेपाल
२०७७ मंसिर २१, आईतवार

गायिका ज्योती मगर हिमालय टेलिभिजनबाट प्रशारण भैरहेको लोकप्रिय रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’बाट बाहिरिएकी छिन् । उनी, शोको सेमिफाइनलको नजिक पुगेर बाहिरिएकी हुन् । ज्योतीले यो शोमा विभिन्न शैलकिा नृत्य प्रस्तुत गरिन् । दर्शकमाझ हट गायिकाको रुपमा चिनिएकी ज्योतीले आफ्नो शैलीलाई परिवर्तन गर्ने कोशिश यो शोमा गरेकी थिइन् ।

यसैले पनि उनी अन्तिम पाँचसम्म आइपुगिन् । ज्योती मगर बाहिरिएपछि अब यो शोको सेमिफाइनलमा ४ टिम पुगेका छन् । सुमी मोक्तान, वुद्ध लामा, उमेश राई र प्रियना आचार्य शोको अन्तिम ४ मा पुगेका छन् । हिमालय टेलिभिनजबाट प्रशारण हुँदै आएको यो शोलाई दर्शकले उल्लेख्य साथ दिइरहेका छन् ।

स्टारहरुको नृत्य प्रस्तुत हुने शो भएकाले पनि दर्शकको माया शोले पाइरहेको छ । शोबाट बाहिरिएपछि ज्योतीले भनिन्–‘दर्शक श्रोताकै मायाले म यहाँ आइपुगेको हुँ । मलाई यो शोमा सुरुवातमा आउन मन थिएनँ । तर, यहाँ आएपछि मलाई नआएको भए ठूलो गल्ती हुने रहेछ भन्ने लागेको छ ।’  शोमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई निर्णायकको रुपमा रहेका छन् ।

Next Post

दैलेखमा आफ्नै छोरी बलात्कार गर्ने बावु पक्राउ

२०७७ मंसिर २१, आईतवार
दैलेखमा आफ्नै छोरीलाइ बलात्कार गरेको आरोपमा बावु पक्राउ परेका छन् । ३८ वर्षीय ति बावुले आफ्नै १४ वर्षीया छोरीलाइ बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । घरमा कोही नभएको मौका छोपी उनले आफ्नै छोरीलाई बलात्कार गरेको बुझिएकाे छ । गत शुक्रबार दिउँसो साढे चार बजेतिर घरमा कोही नभएको मौका […]