नेपालका अर्बपति विनोद चौधरीलाई पनि कोरोना पुष्टि

गज्जब नेपाल
२०७७ भाद्र १२, शुक्रबार

काठमाडौं, १२ भदौ ।

नेपालका अर्बपति विनोद चौधरीलाई कोरोना भाइरसकाे संक्रमण देखिएको छ । नेपाली कांग्रेसका सांसद समेत रहेका उनले शुक्रबार आफ्नो ट्विटरमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन । कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको समेत उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन विहान पिसिआर परीक्षणको रिजल्ट आयाे, मलाई कोरोना पोजेटिभ देखियो । तर मलाइ कुनै पनि लक्षण छैन ।’ डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह पनि गरेका छन् ।

Next Post

कालीकोटमा पहिरोले ११ जना बेपत्ता, एक जनाको ज्यान गयाे

२०७७ भाद्र १२, शुक्रबार
भदौ १४, २०७७ कालीकोट जिल्लाकाे तिलागुफा नगरपालिका वडा नं १ मा गएकाे पहिरोमा परेर ११ जना हराएका छन् । नाग्म बजारमा शनिबार राति पहिरो जाँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । पहिरोमा पुरिएर शुभकालीका गाउँपालिका ५ का ५ वर्षिय निराजन शाहीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना […]