देउवालाई भेट्न प्रधानमन्त्री ओली सुटुक्क बुढानिलकण्ठ

गज्जब नेपाल संवाददाता
 
२०७८ बैशाख २२, बुधबार १७:४१ मा प्रकाशित

 काठमाडौं, २०७७ वैशाख २

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहेका ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् ।

फाइल फाेटाे

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार अहिले सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी छ। ‘प्रधानमन्त्रीज्यू केहीबेरअगाडि सभापति निवास आउनुभएको हो।

अहिले उहाँहरूबीच कुराकानी भइरहेको छ,’ उनले भने। उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत पनि प्रधानमन्त्री ओलीसँगै बुढानिलकण्ठमा छन्। प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्।

त्यसका लागि संसद अधिवेशन आह्वानसमेत भइसकेको छ। यसैबीच कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले ओलीलाई बहुमत जुटाउनबाट रोक्न अन्य दलसँग पहल गर्ने निर्णय गरेको थियो।

कांग्रेस, माओवादी केन्द्रलगायतले गठबन्धन गरी बागमती प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा उम्मेदवारसमेत तय गरिसकेका बेला प्रधानमन्त्री ओली देउवा भेट्न पुगेका हुन्। गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलविरूद्ध खिमलाल देवकोटालाई उम्मेदवार बनाउने तयारी विपक्षी दलहरूको छ।

बादललाई नै राष्ट्रिय सभामा उम्मेदवार बनाउने एमालेको तयारी छ।  जेठ ६ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हुँदैछ।

Next Post

प्रधानमन्त्रीले असंवैधानिक काम गरेकोले विश्वासको मत दिन सकिदैन- नेपाली काँग्रेस

२०७८ बैशाख २२, बुधबार १७:४१
काठ्माडाैं, २०७८ वैशाख २२ प्रधानमन्त्री केपी शर्मा ‌ओलीले नेपाली कांग्रेससँग विश्वासको मत मागेका छन्। आज सभापति देउवा निवास पुगेर प्रधानमन्त्री ओलीले वैशाख २७ मा आफूलाई विश्वासको मत दिन भनेका थिए। तर सभापति देउवाले विश्वासको मत दिन नसकिने प्रष्ट पारेका छन्। उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, […]

याे पनि पढ्नुहाेस्