बोलेरो जिपले ठक्कर दिँदा मोटरसाइकल चालक घाईते

केशबराज पाैडेल
२०७९ मंसिर २, शुक्रबार

०२ मंसिर २०७९

दैलेख :  दैलेखको दुल्लूमा आज ( शुक्रबार )साँझ बोलेरो जिपले मोटरसाइकललाई ठक्कर दिएको छ ।दुल्लू बजार देखी पौवा बजार तर्फ जाँदै गरेको कर्णली प्रदेश ०२ ००१ च ०४०७ नम्बरको बोलेरोले पौवा बजार बाट दुल्लू तर्फ जाँदै गरेको कर्णली प्रदेश ०२००२ प २५२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दुल्लू नगरपालिका ५ का बर्ष २७ का पवन खनाल को खुट्टामा चोट लागी घाइते भएका छन ।

जिप चालक लाई इलाका प्रहरी कार्यालय दुल्लूले नियन्त्रणमा लिएको छ ।घटना सम्बन्धि थप अनुसन्धान भैरहेको र बाँकी बिवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय दुल्लूले जानकारी दिएको छ ।

Next Post

निर्वाचनमा खटिएकी कर्मचारी पवित्रा याख्खा लिम्बूको मृत्यु

२०७९ मंसिर २, शुक्रबार
धनकुटा : साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी ३५ वर्षीया  पवित्रा याख्खा लिम्बूको मृत्यु भएको छ।   धनकुटा स् साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी ३५ वर्षीया पवित्रा याख्खा लिम्बूको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीका शुक्रबार अपराह्न मृत्यु भएको हो। मतदान […]