२०७७ असोज २ दैलेख ,
माइती बसेकी श्रीमती भेट्न हिडेका मुगुका दुई युवा मृत अवस्थामा भेटिएका छन् ।
छायानाथ रारा नगरपालिका वडा नं ७ का २१ वर्षीय युवा रामकृष्ण विष्ट र छाँयानाथ रारा नगरपालिका—७ का २८ बर्षीय अर्का युवा राजेन्द्र बहादुर शाही छुट्टाछुट्टै स्थानमा मृत भेटिएका हुन ।
पत्नीसहित ससुराली भेट्न खत्याड गाँउपालिका—६ रास्कोटीबाडा ससुराली घर गएका राजेन्द्रबहादुर शाही बुधबार सोही गाँउको जङ्गलको रुखमा झुण्डिएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
कार्यालयका अनुसार उनी श्रीमती ल्याउन ससुराली घर गएका थिए तर उल्टै युवाको लास लिएर घरपरिवार घर फर्केको प्रहरी कार्यालय मुगुका सूचना अधिकारी भिम दत्त जोशीले बताए ।
त्यस्तै छाँयानाथ रारा नगरपालिका वडा नम्बर ८ झ्यारी गाउँका २१ बर्षिय युवक रामकृष्ण विष्ट सुसुराली घरमा रहेकी पत्नीलाई घर ल्याउन गएका थिए । ससुराली नपुग्दै गाउँ नजिकै भदौ २५ गते रुखमा झुण्डिएको अबस्थामा मृत फेला परेको मृतक विष्टका भतिजा रतन रावलले बताए । मृतक विष्टकी श्रीमतीले जिल्ला अदालत मुगुमा सम्बन्ध विच्छेदको उजुरी हालेको बताइएको छ ।