राेल्पाः कांग्रेस-एमाले-विप्लव गठबन्धनलाई हराउँदै माओवादीले जित्यो अध्यक्ष

गज्जब नेपाल संवाददाता
 
२०७९ जेष्ठ १, आईतवार १५:५० मा प्रकाशित

राेल्पा, जेठ १

रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका छन्। उनी कांग्रेस-एमाले-विप्लब गठबन्धनका उम्मेदवार दलजित रोकालाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्ष बुढामगरले २ हजार १ सय २२ मत पाउँदा रोकाले जम्मा एक हजार ५ सय ५ मत पाए। रोकाले नेकपा विप्लव समूह, कांग्रेस र एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिँदा लौरो चुनाव चिह्न पाएका थिए।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सर्मिला बुढामगर निर्वाचित भएकी छन्। उनले दुई हजार मत पाइन् भने विप्लव समूहबाट रायबहादुर पुनले एक हजार ४ सय ५० मत पाए।

Next Post

तलबभत्ताबाट द्वन्द्व पीडित, जेहेन्दार र गरिब बालबालिकालाई छात्रवृत्ति दिने सुवेदीकाे घाेषणा

२०७९ जेष्ठ १, आईतवार १५:५०
नौमूले गाउँपालिका दैलेखका नवनिर्वाचित अध्यक्ष छवि सुवेदीले आफुले पाउने लबभत्ताबाट अक्षयकोष स्थापना गर्ने भएका छन् । अध्यक्षको पदभार ग्रहण गर्दै सुवेदीले गाउँपालिकाबाट आफूले पाउने तलबभत्ता नलिने घोषणा गरेका हुन्। उनले आफूले गाउँपालिकाबाट पाउने तलब र भत्ता अक्षयकोषमा जम्मा गरेर द्वन्द्व पीडित, जेहेन्दार र गरिब बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने बताए। अध्यक्ष सुवेदी नेकपा […]