दुल्लूमा म्यादी प्रहरी र नेपाल प्रहरी सरसफाई गर्दै

केशबराज पाैडेल
२०७९ कार्तिक १४, सोमबार १७:१४

१४ कार्तिक २०७९ 

दैलेख- इलाका प्रहरी कार्यालय दुल्लुको मातहतमा रहेका १२७ जना म्यादी प्रहरी मध्ये ५० जना म्यादी प्रहरी र ७ जना नेपाल प्रहरी सरसफाई कार्यक्रममा ब्यस्त भएका छन । आउँदो मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा को निर्वाचनका लागी नियुत्ती भएका म्यादी प्रहरी अहिले कोही दुल्लु नगरपालिका का विभिन्न बजार क्षेत्रमा डिउटीमा रहेका छन र केही म्यादी प्रहरी र नेपाल प्रहरी मिलेर दुल्लु नगरपालिका अन्र्तगतका दुल्लुबजार ( चाँदनी चौक ) पञ्चकाेशी पवित्र तिथर्स्थल( धर्म गद्यी) , पटाङगिनी बजार क्षेत्र , बिजया भगवति मन्दिर क्षेत्र , कालिका मन्दिर क्षेत्र, बालेश्वर मन्दिर क्षेत्रहुदै धुलेश्वर मन्दिर क्षेत्र वरपर सम्म (आज) सोमवार सरसफाई गर्ने योजना रहेको र म्यादी टोली चाँदनि चौक बाट काम गर्दैै अगाडी बढेको प्रहरी सहायक हवलदार ओम प्रकाश गिरीले जानकारी दिएका छन । समय मिलेसम्म मंगलबार र बुधबार अन्य क्षेत्रमा पनी सरसफाई गर्ने योजना रहेको बताइएको छ ।

सरसफाई गर्दा सबैलाई सहयोग पुग्ने ,वातावरण प्रदुषण न्युनिकरण हुने र सरसफाई गर्दा शारिरिक ब्याम हुदाँ स्वास्थ्यलाई पनी फाईदा हुने कुरा प्रहरी निरिक्षक कृष्ण डाँगीले बताएका छन । गत वैशाखमा भएको स्थानिय तहको निर्वाचनको समयमा भएका म्यादी प्रहरीहरुले पनी यसरीनै सरसफाई गरि सहयोग गरेका थिए ।

Next Post

विप्लवको पार्टीले मंसिर ४ गते हुने चुनाब बहिस्कार गर्ने

२०७९ कार्तिक १४, सोमबार १७:१४
काठमाडौं – नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ । ​ मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल कम्युनिष्ट पार्टीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विरुद्धमा लाग्ने जानकारी दिएको […]