सेल्फ आइसोलेशनमा नबस्नेलाई १० हजार पाउन्डसम्म जरिवाना हुने

गज्जब नेपाल
२०७७ आश्विन ४, आईतवार १४:४७

काठमाण्डौ   बेलायतमा सेल्फ आइसोलेशनमा नबस्नेलाई १० हजार पाउन्डसम्म जरिवाना हुने भएको छ ।

कोरोना भाइरस संक्रमितको संख्या लगातार बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनले सेल्फ आइसोलेशनमा नबस्नेलाई १० हजार पाउन्ड जरिवाना गर्ने निर्णय गर्नुभएको हो । आउँदो १२ गतेदेखि कोरोना संक्रमण भएका व्यक्ति र कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति अनिवार्य आइसोलेशनमा बस्नुपर्ने नियम तोकिएको बीबीसीले जनाएको छ ।

नयाँ कानुनअनुसार सेल्फ आइसोलेशनमा बस्न अस्वीकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिवाना तिर्नुपर्नेछ । पटक(पटक यो नियम उल्लङ्घन गर्नेका लागि यो जरिवानामा १० हजार पाउन्डसम्म पुग्नेछ । यसअघि सेल्फ आइसोलेशनलाई निर्देशनको रुपमा मात्रै लागू गरिएको थियो ।

यसमा कुनै जरिवाना तोकिएको थिएन । नयाँ नियम घोषणा गर्दै जोनसनले नियमको पालना नै कोरोना भाइरस विरुद्धको सबैभन्दा उत्कृष्ट तरिका भएको बताउनुभएको छ ।

Next Post

यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क

२०७७ आश्विन ४, आईतवार १४:४७
काठमाडौं,असोज ५ यती एयरलाइन्सले नेपालीहरूलाई देशभित्र घुम्नका लागि विभिन्न गन्तव्यका प्याकेज ल्याएको छ। एयरलाइन्सको वार्षिकोत्सव तथा कोभिड-१९ पछि खुलेको नियमित उडानलाई प्रवर्द्धन गर्न भन्दै एयरलाइन्सले विभिन्न गन्तव्यका लागि प्याकेज ल्याएको छ। अहिलेको समयमा विदेशबाट पर्यटक आउने सम्भावना नभएको र स्वदेशी पर्यटक नै मुख्य आधार भएकाले एयरलाइन्सले प्याकेज ल्याएको हो। कोभिड […]