ह्वेल माछासँग ठोक्किएर डुङ्गा दुर्घटना , पाँच जनाको ज्यान गयो

केशबराज पाैडेल
२०७९ भाद्र २५, शनिबार २२:३६

ह्वेल माछासँग ठोक्किएर न्युजिल्यान्डमा एउटा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।

काइकोउरामा रहेको गुज बेमा आज बिहान ह्वेल माछासँग ठोक्किएर माछा मार्ने डुङ्गा पल्टिएको बीबीसीले जनाएको छ । काइकोउरा एउटा सानो तटीय सहर हो जुन न्युजिल्यान्डको दक्षिण टापुमा ह्वेल अवलोकनका लागि प्रसिद्ध छ ।डुङ्गामा ११ जना रहेकोमा ६ जनाको सकुशल उद्धार गरिएको न्युजिल्यान्डको प्रहरीले जनाएको छ ।

ह्लेव माछाले मानिस तथा मानिस चढेको डुङ्गालाई आक्रमण गर्दैन । तर पनि ह्वेलसँगै डुङ्गा कसरी ठोक्कियो भन्नेबारेमा अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

Next Post

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै

२०७९ भाद्र २५, शनिबार २२:३६
काठमाडौं- हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ। आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान २ः१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए। […]

याे पनि पढ्नुहाेस्