जुम्लामा डिजिटल कर प्रणाली सुरु : वडाबाटै सुविधा

गज्जब नेपाल
२०७७ कार्तिक १५, शनिबार १०:२६

कात्तिक १५, २०७७
जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकीकृत सम्पत्ति कर प्रणाली सुरु गरेको छ ।

गाउँपालिकाले विशेषगरी सम्पत्ति कर सङ्कलन गर्न यो प्रणाली लागू गरेको हो । गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी, मितव्ययिताका हिसाबले सहज होस् भनेर सम्पत्ति कर सङ्कलनमा डिजिटल प्रणाली लागू गरिएको हो । पालिकाभरका ७ वटै वडामा यो प्रणाली लागू गरिएको उहाँले बताउनुभयो ।

सूचना प्राविधिक अधिकृत भीमबहादुर रावतका अनुसार गाउँपालिकाले सम्पत्ति कर सङ्कलन गर्न चार क्षेत्र छुट्याइएको छ । व्यापारिक क्षेत्रमा पाँच सय, आवासीय क्षेत्रमा तीन सय, कृषि क्षेत्रमा दुई सय ५० र वन तथा बगर क्षेत्रमा प्रति वर्गमिटर एक सय रुपैयाँ कर तोकिएको उहाँले बताउनुभयो ।

यो प्रणाली सात वटै वडामा लागू भएको छ । यसअघि कर तिर्न गाउँपालिकामा धाउनु पर्ने बाध्यता थियो । तर अब वडाबाटै सुविधा पाएपछि गाउँपालिका धाउनु पर्ने बाध्यता हटेको सूचना प्राविधिक अधिकृत रावतले बताउनुभयो ।

Next Post

प्रशासन कार्यालयका कर्मचारीमा देखियाे काेराेना, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

२०७७ कार्तिक १५, शनिबार १०:२६
१५ कार्तिक २०७७, दैलेख जिल्ला प्रशासन कार्यालय दैलेखका कर्मचारीहरुमा पनि काेराेनाकाे संक्रमण देखिएपछि अनिश्चित कालका लागि सम्पूर्ण नियमित सेवा बन्द गरिएकाे छ । कार्यालयका संक्रमित कर्मचारीबाट समुदायस्तरसम्म र संक्रमित सेवाग्राहीबाट कार्यालयका कर्मचारीलाई हुनसक्ने संक्रमणको जोखिमलाई कम गर्न सेवा बन्द गरिएकाे सूचनामा उल्लेख गरिएकाे छ । प्रशासनले कार्तिक १६ गतेदेखी अर्को […]