यस्ताे मर्मस्पर्शी चिठी लेखेर कहाँ गयाे मेराे छाेरा? ६२ वर्षिय आमा भक्कानींदै (भिडियाे)

गज्जब नेपाल
२०७७ कार्तिक १५, शनिबार

 १५ कात्तिक २०७७, दैलेख

जिल्लाकाे नारायण नगरपालिका–७ किमुगाउँका १६ वर्षिय बालक गोबिन्द वि.क. बडादशैंको अघिल्लो दिन आमालाइ एउटा मर्मस्पर्शी चिठी लेखेर वेपत्ता भएका छन ।

उनको त्यो चिठी पढीसकेपछि आमा रातदिन छोराको यादमा रोइरहेकी छन । एकाविहानै घरबाट भागेर सुर्खेत पुगेका गोविन्द अहिलेसम्म पनि घर नफर्किएपछि आमाको रातदिन रुनुको विकल्प छैन ।

दशैंको खर्च जुटाउन गोेबिन्द र उनका दाइ बखत दैलेख बजारमा ज्यालामजदुरी गरिरहेका थिए । मजदुरी गरेको पैसा पाउनासाथ उनका दाइले अष्टमीको दिन ल्याएको मासुको पैंसा तिर्न गोबिन्दलाई तीन हजार रुपैया दिए । तर त्यो रकम गोविन्दले बाटैमा दौतरीको लहलहैमा लागेर तास खेलमा एकैछिनमा हारे ।

दशैंको लागि ल्याएको मासुको पैसा एकैछिनमा उडेपछि गोविन्दको होस पनि उड्यो । उनी घरमा गएर कसरी मुख देखाउने भन्ने चिन्तामा परे । कठीन मिहिनेत गरेर भोकभोकै कमाएको पैसा एकैछिनको रहरले उडाएपछि उनी एकाएक घर छोड्न निर्णयमा पुगे । बडादशैंको अघिल्लो दिन एकाविहानै घरबाट भागेर सुर्खेत पुगेका गोविन्द अहिलेसम्म पनि वेपत्ता छन् ।

१० गते सुर्खेतमा थिए भन्ने थाहा पाएर लगातार ४ दिनसम्म खोजी गर्दा पनि उनलाइ भेटाउन नसकेपछि घरपरिवार निकै चिन्तित छ । ‘नजानेर गल्ती भयो आमा मलाइ माफ गर्नुहोला, म सधैंको लागि गएको होइन, फर्किन्छु’ भनेर लेखेको चिठ्ठी हेरेर उनकी ६२ वर्षीया आमा रातदिन रोइरहेकी छिन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र दैलेखले बालकको हुलिया सहित खोजी गरिरहेको छ तर अहिलेसम्म पनि पत्ता सकेको छैन ।

भिडियाे हेर्नुसः

Next Post

फेरियाे मदानतालकाे मुहार, बढे पर्यटक

२०७७ कार्तिक १५, शनिबार
वाँहाकोट,(दैलेख) । ठाटीकाँध गाउँपालिका–३ मा रहेको मदानताल केही महिना यतादेखी आन्तरिक पर्यटकका लागि महत्वपुर्ण पिकनिक स्पट बनेको छ । केही बर्ष अघि पर्यटन मन्त्रालयको पार्ट टु कार्यक्रमबाट विनियोजित रकमबाट जीर्ण ताल मर्मत गरिएपछि आन्तरिक पर्यटक रमाउने स्पट बनेको हो । ताल मर्मत हुँदा छिमेकी भएपछि छिमेकी नगरपालिका चामुण्डाविन्द्रासैनी, आठविस नगरपालिका […]