दैलेखी कलाकार लोकेन्द्र जिसी कुमारको शव्द तथा संगीतमा ‘तिम्रै दिलको दरबारमा’ सार्वजनिक भएको छ ।
हालै दैलेखका प्राकृतिक सौन्दर्य सहितका पर्यटकीय क्षेत्रहरुमा छायांकन गरिएको उक्त म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
गीतमा चर्चित गायिका टिका पुन र प्रेम मल्ल (आशा) ले स्वर रहेको छ । राजनकुमार बैश्यको निर्देशनमा बनेको म्यूजिक भिडियोमा कलाकारहरु प्रकाश कंडेल, सुनिता ठकुरी र हिरा विकले अभिनय गरेका छन् । चर्चित एरेन्जर कमल सौरागले गीतको एरेन्ज गरेका छन् ।
जिल्लाको पर्यटकीय एवं धार्मिक स्थलहरु बेलासपुर, पञ्चदेवल, डुंगेश्वर लगाएतका स्थानमा छायांकन गरिएको छ ।
प्राकृतिक, सांस्कृति एवं धार्मिक तथा ऐतिहासिक महत्वले भरिपूर्ण दैलेखका विभिन्न पर्यटकीय क्षेत्रहरुमा पछिल्लाे समय म्यूजिक भीडियोहरु छायांकन हुन थालेका छन् ।
हेर्नुहोस् भिडियो