विराटनगरमा हवाइ फायर, तस्करीमा संलग्न एक महिला पक्राउ

गज्जब नेपाल
२०७७ मंसिर ७, आईतवार

७ मंसिर, विराटनगर ।

सीमा क्षेत्रबाट हुँदै आएको तस्करीको सामान नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । आइतबार बिहान करिब ४ बजे विराटनगर महानगरपालिका-१७ मटेरुवामा हवाई फायर गरेको हो ।

File Photo: AP

तस्करको समूहसँग घम्साघम्सी परेपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो । प्रहरी र तस्कर समूहबीच भएको घम्साघम्सीका क्रममा एकजना प्रहरी जवानको हातमा सामान्य चोट लागेको छ ।

भन्सार छली गरेर भारतबाट अवैधरुपमा तस्करीका सामान लिएर आउँदै गरेको तस्कर समूहलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले रोक्ने क्रममा हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । ८/९ जनाको संख्यामा रहेको समूहलाई नियन्त्रणमा लिन खोज्दा अवरोध भएको उनले बताए ।

हवाई फायरपछि प्रहरीले तस्करीमा संलग्न एक महिलालाई पक्राउ गरेको छ । भारतबाट ल्याउँदै गरेको एक बोरा बेल्ट (कम्मरमा लगाउने पेटी)सहित ३३ वर्षीया रविना खातुनलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको उनले बताए । खड्काले नेपालबाट भारत र भारतबाट नेपालतिर हुने तस्करी नियन्त्रण गर्न नेपाल-भारत सीमा क्षेत्रमा निगरानी बढाएर कडाइ थालिएको बताए ।

साभारः अनलाइन खबर

Next Post

परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य, ढुक्क भएर परीक्षामा सहभागी हुन सरकारको आग्रह

२०७७ मंसिर ७, आईतवार
मंसिर ८, २०७७ भोलि मंगलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क हुन आग्रह गर्नुभएको हो । परीक्षा केन्द्रहरुमा भौतिक दूरी कायम गरी बस्ने, मास्क […]