५ असार २०८०
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. १ मा अबस्थित हिमालय माध्यमिक विद्यालयमा ५ दिने अक्षर लेखन सुधार तालिम सुरु गरिएको छ ।

पालिका संगकाे कुनै समन्वय नभई अभियान टिमकाे सिधै सम्पर्क बाट विध्यालयकाे आयाेजनामा विध्यार्थीबाट शुल्क उठाएर बाह्य प्रशिक्षक द्वारा लेखन सुधार सुरु गरिएकाे छ ।कार्यक्रम यहि असार ३ गतेदेखि ७ गतेसम्म ५ दिन दैनिक ३ घण्टा संचालन हुदै आएको छ ।
तालिममा विध्यालयका कक्षा ३ देखि १० कक्षा सम्मका करिब २५० जनालाई abcd र कखरा सिकाउने काम गरिएकाे छ ।तेस्रो दिन सम्म विध्यार्थीमा लगभग पचास प्रतिशत सुधार आएको र विध्यार्थीकाे हस्तलेखन कला न्युन( नाजुक) अवस्थामा रहेकाले यस्तो किसिमको कार्यक्रमकाे आयोजना गरिएकाे प्रधानाध्यापक हर्क विकले बताउनुभएको छ।हस्तलेखन सम्बन्धि कला सिकाउने अभियान क्रमगत रुपमा जिल्लाभरिका धेरै विध्यालयमा संचालन गरिने प्रशिक्षक ले बताएका छन ।

उक्त अभियानले विध्यार्थी र शिक्षकमा लेखनसिपकाे धेरै विकास हुने र भैरहेको प्रधानाध्यापक विकले दावि गर्नुभयो ।कार्यक्रममा सहभागी हुने सम्पुर्ण विध्यार्थीबाट प्रति विध्यार्थी रु २०० का दरले रकम संकलन गरिएकाे छ ।
विध्यालय प्रशासनले याे अभियानलाई जति प्रभावकारी भने पनि विध्यार्थीकाे दैनिक पठनपाठनमा प्रभाव परेको र दैनिक २ देखि ३ विषय मात्र पढाइ हुने गरेको विध्यार्थी र अभिभावककाे भनाई रहेकाे छ ।


